आइतबार, २५ असोज २०८३ | ३:३८ AM
आज राति धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षाको…

आज राति धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

लगानीबक्स ११ भदौ २०८३ ९:०४ अपराह्न

काठमाडौं, भदौ ११  जल तथा मौसम विज्ञान विभागले आज राति देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्नेछ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा पनि वर्षा हुन सक्ने विभागले जनाएको छ।

विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र आकस्मिक जलप्रवाहको जोखिम रहेका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।