काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले रसुवागढी–भोटेकोशी बाढीपीडितको राहत तथा पुनर्स्थापनालाई प्राथमिकतामा राख्दै विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ।
मुख्य निर्णयहरू:
बाढीपीडितका लागि पुनःस्थापना प्याकेज भदौ १० गते रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियतसहितको बिजनेस रिकभरी प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिइएको छ।
२५ हजार मेट्रिक टन डीएपी मल खरिद कृषि क्षेत्रमा मलको उपलब्धता सुनिश्चित गर्न भारत सरकारसँग जी–टु–जी (G2G) माध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ।
एक महिनाको तलब राहत कोषमा रसुवागढी–भोटेकोशी बाढी प्रभावितहरूको सहयोगार्थ सम्माननीय प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूले एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।
