काठमाडौं । धादिङबेसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ ।परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेष्टुरेन्ट) जोडिने सडक सञ्चालनमा आएसँगै धादिङ सदरमुकाम धादिङबेसी पुनः सडक सञ्जालमा जोडिएको हो।
गत बुधबार रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका कारण त्रिशूली नदीमाथिको मुख्य पुल बगाउँदा धादिङबेसीसँगको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। पुल बगेपछि सदरमुकाम आवतजावतमा समस्या उत्पन्न भएको थियो।
स्थानीय तह, सडक डिभिजन तथा सम्बन्धित निकायको समन्वयमा वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएपछि धादिङबेसीमा यातायात आवागमन पुनः सुचारु भएको छ। यसले राहत, उद्धार तथा अत्यावश्यक सामग्री ढुवानीमा समेत सहजता ल्याउने अपेक्षा गरिएको छ
