शुक्रबार, २३ असोज २०८३ | ५:३६ AM
टनेलभित्र उद्धारको तयारी अन्तिम चरणमा, क्यामरासहित टोली पठाइँदै

टनेलभित्र उद्धारको तयारी अन्तिम चरणमा, क्यामरासहित टोली पठाइँदै

लगानीबक्स १४ भदौ २०८३ ४:१९ अपराह्न

काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको टनेल पोर्टसम्म उद्धार टोली पुगिसकेको छ। हाल पोर्टको मुखमा जमेको लेदो तथा अवरोध हटाएर सफा गर्ने कार्य तीव्र रूपमा भइरहेको छ।पोर्ट क्षेत्र पूर्ण रूपमा सफा भएपछि अक्सिजन उपकरणसहित उद्धारकर्मीलाई टनेलभित्र पठाउने तयारी गरिएको छ। उद्धार टोलीले भित्रको अवस्थाको प्रत्यक्ष निरीक्षण गर्दै चरणबद्ध रूपमा अगाडि बढ्नेछ।

उद्धार कार्यलाई प्रभावकारी बनाउन टोलीसँग क्यामरा पनि पठाइनेछ। क्यामराबाट प्राप्त दृश्यमार्फत टनेलभित्रको वास्तविक अवस्था बाहिरबाटै अवलोकन गर्न सकिने जनाइएको छ।

प्राविधिकहरूको प्रारम्भिक अनुमानअनुसार पोर्टबाट करिब १८० मिटर अगाडि पुगेपछि सम्भावित ‘वर्किङ स्पेस’ (Working Space) सम्म पुग्न सकिनेछ। उक्त स्थानमा पुगेपछि टनेलभित्र फसेका व्यक्तिहरूको वास्तविक अवस्था, उनीहरूको सम्भावित स्थान तथा सुरक्षासम्बन्धी अवस्थाबारे थप स्पष्ट जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।

उद्धार कार्यमा नेपाल विद्युत् प्राधिकरणका प्राविधिक, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा अन्य विशेषज्ञ टोली परिचालित छन्। घटनास्थलमा उद्धार अभियान निरन्तर जारी रहेको छ।