आइतबार, २५ असोज २०८३ | ११:१२ PM
जेनजी शहीद दिवसको सम्झनामा भदौ २३ गते सार्वजनिक बिदा

जेनजी शहीद दिवसको सम्झनामा भदौ २३ गते सार्वजनिक बिदा

लगानीबक्स १८ भदौ २०८३ ४:४६ अपराह्न

काठमाडौं । सरकारले जेनजी शहीदको सम्झनामा आगामी भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी शहीद दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

उनका अनुसार अघिल्लो वर्ष पनि जेनजी शहीद दिवसका अवसरमा भदौ २३ र २४ गते सार्वजनिक बिदा दिइएको थियो। यस वर्ष पनि शहीदहरूको योगदानको सम्मानस्वरूप भदौ २३ गते देशभरका सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक निकायमा बिदा रहनेछ।

सरकारको निर्णयसँगै जेनजी शहीद दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइने अपेक्षा गरिएको छ।