काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा बाढीले पुरिएको घरभित्रबाट एक महिलाको जीवितै उद्धार गरिएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरबाट उनकी श्रीमती चण्डिका श्रेष्ठलाई उद्धार गरिएको हो।
उद्धारपछि चण्डिकाको स्वास्थ्य अवस्था परीक्षण गरिएको छ। उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको प्रवक्ता कार्कीले जानकारी दिए।
भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई तीव्र बनाइरहेका छन्। चण्डिका श्रेष्ठको जीवित उद्धारलाई बाढी प्रभावित क्षेत्रमा जारी उद्धार अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
