आइतबार, २५ असोज २०८३ | ८:४१ PM
माइतीघरमा युवतीले लगाइन् आगो, वीर अस्पतालमा उपचार हुँदै

माइतीघरमा युवतीले लगाइन् आगो, वीर अस्पतालमा उपचार हुँदै

लगानीबक्स २३ भदौ २०८३ १०:१७ अपराह्न

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा मंगलबार साँझ एक युवतीले आफैंलाई आगो लगाएकी छन्। गोरखा घर भई काठमाडौं बस्दै आएकी ३० वर्षीया लक्ष्मीदेवी बस्नेतलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्‍याएको छ।

आगो लगाउनुको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।