बिहीबार, २५ भदौ २०८३ | ६:३७ PM
सुन प्रतितोला ३ हजार र चाँदी ४० रुपैयाँले घट्यो

सुन प्रतितोला ३ हजार र चाँदी ४० रुपैयाँले घट्यो

लगानीबक्स २४ भदौ २०८३ ११:१५ पूर्वाह्न

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ हजार रुपैयाँ घटेर ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य ३ लाख ५ हजार ४०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेर ४ हजार ७५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो। यससँगै एकै दिनमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।