काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुद्युम्न प्रसाद उपाध्याय पुनः नियुक्त भएका छन् । भदौ २४ गत बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उपाध्यायलाई दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यस अघिको चार वर्षे कार्यकाल २०८३ साल कात्तिक ६ गते सकिने लागेकाले कात्तिक ७ गतेदेखि लागू हुने गरी २०८७ साल कात्तिक ६ गतेसम्मका लागि पुनः नियुक्त गर्ने निर्णय कम्पनीले गरेको हो । उनको व्यवस्थापनमा हाल कम्पनी १८ करोड ५७ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म यस कम्पनीको कुल आम्दानी १ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी छ । हाल कम्पनीको चुक्तापँजी २ अर्ब २५ करोड ७५ लाख रुपैयाँ छ ।
जीवन बीमा कम्पनीले कायम गर्नुपर्ने २ अर्ब ५० करोड रुपैयाँका लागि कम्पनीले १७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको अवस्था छ । २०८१ साल कात्तिक ३० गते यो कम्पनीले १० बराबर १ दशमलव ७ को अनुपातमा ३६ करोड ५५ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएका हो ।

