बिहीबार, २५ भदौ २०८३ | २:१६ PM
विवादित अभिव्यक्तिपछि उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा

विवादित अभिव्यक्तिपछि उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा

यादवले बिहीबार ग्यास आपूर्तिसम्बन्धी छलफलका क्रममा ग्यास उद्योगीलाई “पाता कस्नुपर्ने” भन्ने अभिव्यक्ति दिएपछि उनको भनाइ विवादमा परेको थियो।

लगानीबक्स २५ भदौ २०८३ २:१६ अपराह्न

काठमाडौं, भदौ २५ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर आफ्नो राजीनामा बुझाएकी हुन्। मन्त्री यादवको सचिवालयका अनुसार राजीनामा प्रधानमन्त्रीसमक्ष पेश गरिएको छ।

यादवले बिहीबार ग्यास आपूर्तिसम्बन्धी छलफलका क्रममा ग्यास उद्योगीलाई “पाता कस्नुपर्ने” भन्ने अभिव्यक्ति दिएपछि उनको भनाइ विवादमा परेको थियो। उक्त अभिव्यक्तिपछि राजनीतिक तथा व्यावसायिक वृत्तमा आलोचना बढेको थियो।