काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रसुवा बाढीपछिको पुनरुत्थान, आवश्यकता आकलन तथा क्षति मूल्यांकनबारे विकास साझेदारहरूसँग छलफल गर्नुभएको छ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा बुधबार आयोजित बैठकमा प्रमुख दातृ निकायका २० भन्दा बढी मिसन प्रमुख तथा कन्ट्री डाइरेक्टरहरूको सहभागिता रहेको छ।
बैठकमा बाढीपछिको खोज तथा उद्धार, प्रारम्भिक पुनरुत्थान, द्रुत विपद् आवश्यकता आकलन (RDNA) र क्षति मूल्यांकनका विषयमा सरोकारवालाबीच विस्तृत समीक्षा भइरहेको अर्थ मन्त्रालयले जनाएको छ। बैठकले पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि आवश्यक सहयोग र समन्वयका विषयमा समेत छलफल गर्नेछ।

