बिहीबार, २५ भदौ २०८३ | ५:०३ PM
रसुवा बाढीपीडितका लागि कालीमाटीका व्यवसायीद्वारा साढे ८ लाखभन्दा बढी सहयोग

रसुवा बाढीपीडितका लागि कालीमाटीका व्यवसायीद्वारा साढे ८ लाखभन्दा बढी सहयोग

लगानीबक्स २४ भदौ २०८३ ९:०९ अपराह्न

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीलाई रसुवा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कालीमाटी तरकारी फलफूल थोक बजार संयुक्त व्यवासायीले सो रकम सहयोग गर्नुभएको छ ।

मन्त्री चौधरीलाई साढे ८ लाख ५४ हजार ३ सय सहयोग रकम उपलब्ध गराउनुभएको छ । रसुवा बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले व्यवसायीले उक्त रकम उपलब्ध गराउनु भएको हो ।

रकम बुझ्दै मन्त्री चौधरीले विपद्को कठिन समयमा राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने कृषि व्यवसायीप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको साथमा सरकार रहेको उल्लेख गर्दै राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

यसअघि पनि उहाँहरुले भोटेकोसी बाढीबाट प्रभावित परिवारहरूको राहतका लागि ९० बोरा आलु, ३० झोला इस्कुस, १० झोला काँक्रो र ८० झोला फर्सी सहयोग उपलब्ध गराउनुभएको छ।