बिहीबार, २५ भदौ २०८३ | ६:४६ PM
प्रधानमन्त्री शाहद्वारा दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक आह्वान

प्रधानमन्त्री शाहद्वारा दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक आह्वान

लगानीबक्स २५ भदौ २०८३ १०:२५ पूर्वाह्न

काठमाडौं।  प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयहरूसहित भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछिको अवस्था र सरकारका आगामी कदमबारे छलफल हुने जनाइएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार बाढीपछि सरकारले खोज, उद्धार, उपचार, राहत वितरण तथा प्रभावित नागरिकहरूको पुनःस्थापनाको कार्यलाई निरन्तरता दिइरहेको छ।

यिनै कार्यलाई थप प्रभावकारी बनाउने तथा आवश्यक नीतिगत र प्रशासनिक निर्णय गर्न बैठक आह्वान गरिएको हो। बैठकमा बाढी प्रभावित क्षेत्रको खोज तथा उद्धार अभियान, राहत वितरणको अवस्था, पुनःस्थापना कार्यक्रम र पुनर्निर्माणका प्रारम्भिक योजनाबारे विस्तृत समीक्षा हुने अपेक्षा गरिएको छ।