आइतबार, ४ असोज २०८३ | १२:२४ AM
आईपीओ निष्कासनको तयारीमा रहेको श्री डिष्टिलरीले असोज २६ गते साधारण…

आईपीओ निष्कासनको तयारीमा रहेको श्री डिष्टिलरीले असोज २६ गते साधारण सभा गर्दै

लगानीबक्स ४ असोज २०८३ ४:२६ अपराह्न

काठमाडौं । श्री डिष्टिलरी लिमिटेडले असोज २६ गते वार्षिक साधारण सभा बोलाएको छ । कार्की ब्याङ्केट थापाथली, हाईट, काठमाडौंमा विहान ११ः३० बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो । यस कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासन गर्न २०८१ साल असार १ गतेनै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । हालसम्म कम्पनीले स्वीकृति पाएको छैन् । कम्पनीले १५ लाख १२ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन प्रक्रियामै रहेको कम्पनीले सो प्रस्तावलाई पनि सभामा पेश गर्दैछ । प्रवन्ध सञ्चालकको सेवा सुविधा अनुमोदन तथा सञ्चालकहरुको बैठक भत्ता सम्बन्धमा पनि सभाले आवश्यक निर्णय गर्नेछ ।

साथै गत आर्थिक वर्ष ०८२।८३ को वार्षि प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय सभाले टुङ्ग्याउनेछ । यो कम्पनी नेपालको ठूलो मदिरा उत्पादक कम्पनमध्ये एक हो । कम्पनीको मुख्य व्यवसाय मदिराजन्य पेय पदार्थ उत्पादन तथा विक्री वितरण गर्नु हो । यसको कारखानी नवलपरासीमा रहेको छ भने कर्पोरेट कार्यालय काठमाडौंको बबरमहलमा छ ।