बिहीबार, १५ असोज २०८३ | ६:०४ PM
भदौ २१ गतेदेखि एकिकृत कारोबार गर्दै स्वरोजगार र विन नेपाल…

भदौ २१ गतेदेखि एकिकृत कारोबार गर्दै स्वरोजगार र विन नेपाल लघुवित्त

लगानीबक्स १५ असोज २०८३ ३:५४ अपराह्न

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ २१ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । यी दुई कम्पनीहरुले मर्जर प्रक्रिया पुरा गरी एकिकृत कारोबार सुरु गर्न लागेका हुन ।

यी दुई कम्पनी समान हैसियतमा एक हुन लागेका हुन । दुबै कम्पनीको सम्पत्ति, दायित्व तथा कारोबार मूल्यांकनको आधारमा प्रतिशेयर नेटवर्थ दुबै कम्पनीको २१० रुपैयाँ कायम भएकाले समान हैसियतमा एक दिने सहमति जुटेको हो ।

यी दुई कम्पनी एक भएपछि पनि स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडमा हाल कायम रहेको सञ्चालन समितिनै बाँकी कार्यकाल सम्मका लागि कायम रहने सहमति भएको छ । दुई कम्पनी एक भएपछि चुक्तापूँजी ९७ करोड ९९ लाख ७४ हजार रुपैयाँ कायम हुनेछ । कुल पूँजीमा संस्थापक तर्फ ५४ दशमलव २१ प्रतिशत र सर्वसाधारणतर्फ ४५ दशमलव ७९ प्रतिशत कायम हुने जानकारी कम्पनीले दिएको छ ।