बिहीबार, १५ असोज २०८३ | ६:०२ PM
बिहीवार चार कम्पनीले विक्रीमा ल्याए संस्थापक शेयर

बिहीवार चार कम्पनीले विक्रीमा ल्याए संस्थापक शेयर

लगानीबक्स सम्वाददाता १५ असोज २०८३ ४:०८ अपराह्न

काठमाडौं । असोज १५ गते बिहीवार चार कम्पनीको संस्थापक शेयर विक्रीमा आएको छ । नबिल बैंकको १ लाख ५० हजार कित्ता, सम्पदा लघुवित्तको २६ हजार ३२९ कित्ता, पोखरा फाइनान्सको २ लाख २३ हजार ५६८ दशमलव ११ कित्ता र समता घरेलु लघुवित्तको ६ हजार ७५५ कित्ता संस्थापक शेयर विक्रीमा आएको हो ।

यीमध्ये समता घरेलु लघुवित्त र पोखरा फाइनान्सको शेयर भने अन्य व्यक्ति तथा संस्थामा विक्री खुला गरिएको हो । यस अघि समता घरेलु लघुवित्त र पोखरा फाइनान्सले यी शेयर विद्यमान संस्थापक शेयरधनीहरुमा विक्री खला गर्दा वितरण नभएपछि दोस्रो चरणमा विक्री प्रक्रिया अघि बढाएका हुन ।

नबिल बैंक र सम्पदा लघुवित्तको शेयर भने विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउनेछन् । असोज १५ गतेदेखि नबिल बैंक र सम्पदा लघुवित्तको शेयर खरीदका लागि ३५ दिनभित्र सम्बन्धित कम्पनीको केन्द्रिय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । नबिल बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग, काठमाडौंमा र सम्पदा लघुवित्तको केन्द्रिय कार्यालय गैंडाकोट, नवरपरासीमा रहेको छ । यस अवधिमा यी शेयर विक्री नभएमा पछि अन्य व्यक्ति तथा संस्थामा शेयर विक्री गरिने जानकारी सम्बन्धित कम्पनीहरुले दिएका छन् ।

पोखरा फाइनान्स र समता घरेलुु लघुवित्रको शेयर खरीदका लागि भने असोज १५ गतेदेखि सात दिनभित्र सम्बन्धित कम्पनीको केन्द्रिय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । समता घरेलु लघुवित्तको केन्द्रिय कार्यालय बनेपा–७, काभ्रेपलाञ्चोक र पोखरा फाइनान्सको केन्द्रिय कार्यालय कमलादी, काठमाडौं रहेको छ ।