काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीले कमलादीस्थित रुस्काज् ब्युटि स्टुडियोमा सौन्दर्यसम्बन्धी विभिन्न सेवा लिँदा विशेष छुट पाउने भएका छन्। यसका लागि प्रभु बैंक र रुस्काज् ब्युटि स्टुडियोबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौताअनुसार बैंकका ग्राहकले विभिन्न सौन्दर्य सेवामा ५ देखि २० प्रतिशतसम्म र बैंकका कर्मचारीले ५ देखि ३० प्रतिशतसम्म छुट पाउनेछन्।
सम्झौताअनुसार स्टुडियोमा हेयर कटिङ, थ्रेडिङ, ब्युटीसम्बन्धी कक्षा, हेयर केमिकल, फेसियल तथा स्किन ट्रीटमेन्ट, नेल, म्यानिक्योर, पेडिक्योर, वाक्सिङ, मेकअप तथा मेकअप प्याकेज र कस्मेटिक तथा स्किन केयरसम्बन्धी सेवा उपलब्ध छन्।
समझदारीपत्रमा रुस्काज् ब्युटि स्टुडियोका प्रमुख कार्यकारी अधिकृत रुस्काज् वैध श्रेष्ठ र प्रभु बैंकका बागमती प्रदेश प्रमुख प्रचिता श्रेष्ठले हस्ताक्षर गरे। हस्ताक्षर कार्यक्रममा प्रभु बैंकको कमलादी शाखाकी अधिकृत राधा गुरुङ र रुस्काज् ब्युटि स्टुडियोका प्रबन्ध निर्देशक रवि भक्त श्रेष्ठको पनि उपस्थिति थियो।
छुट सुविधा लिन बैंकका ग्राहकले मान्य डेबिट कार्ड, क्रेडिट कार्ड वा बैंकको विद्युतीय भुक्तानी प्रणालीमध्ये कुनै एक प्रयोग गर्नुपर्नेछ। बैंकका कर्मचारीले भने प्रभु बैंकको कर्मचारी परिचयपत्र देखाउनुपर्नेछ।
