काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रित्त सञ्चालक अध्यक्ष पदमा दिपेन्द्र कुमार मिश्र नियुक्त भएका छन् । असोज १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मिश्रलाई आगामी वार्षिक साधारण सभाका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
त्यस्तै संस्थापक शेयरधनीहरुको तर्फबाट रित्त सञ्चालक पदमा तीन सञ्चालकको मनोनयन गर्ने निर्णय पनि सोही सञ्चालक समितिको बैठकले गरेको छ । कम्पनीका अनुसार नेपाल बैंकको तर्फबाट होम बहादुर खड्का, हंसराज हुलाचन्द एण्ड कम्पनी प्रालिको तर्फबाट नितेश तोदी र कालिका फिनकर्प प्रालिको तर्फबाट पल्लव श्रेष्ठलाई आगामी वार्षिक साधारण सभासम्मका लागि सञ्चालकमा मनोनित गर्ने निर्णय भएको हो ।
