मंगलबार, २० असोज २०८३ | १:१९ PM
गुराँस लघुवित्तले कात्तिक १० गते बोलायो साधारण सभा १० प्रतिशत…

गुराँस लघुवित्तले कात्तिक १० गते बोलायो साधारण सभा १० प्रतिशत लाभांश पारित हुने

लगानीबक्स सम्वाददाता २० असोज २०८३ ११:३४ पूर्वाह्न

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १० गते वार्षिक साधारण सभा बोलाएको छ । असोज १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हिले कान्जिरोवा मकालु होटल, हिले, धनकुटामा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले प्रस्तावित लाभांशलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट ९ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको छ। लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय सभाले टुङ्ग्याउनेछ ।

सभा प्रयोजनका लागि असोज २८ गते एक दिन बुक क्लोज गर्ने निर्णय कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा असोज २७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।