काठमाडौं । कुमारी बैंक लिमिटेडले ७८ हजार ६७७ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुमा विक्री नभएपछि अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गर्न लागिएको छ । असोज २० गते सूचना जारी गर्दै आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको हो ।
यी शेयर खरीद गर्न इच्छुक खरीदकर्ताहरुले कम्पनीको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रारको कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । कम्पनीको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
