काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ हजार ७३० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ७७० रुपैयाँ रहेको थियो ।
यस्तै, चाँदीको मूल्य पनि सोमबार प्रतितोला ४० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ३ हजार ९५५ रुपैयाँ रहेको थियो ।
