शुक्रबार, १३ कार्तिक २०८३ | १:१२ PM
सन नेपाल लाइफले संस्थापक तर्फको शेयर स्वामित्व १९ प्रतिशत घटाउने

सन नेपाल लाइफले संस्थापक तर्फको शेयर स्वामित्व १९ प्रतिशत घटाउने

लगानीबक्स सम्वाददाता १३ कार्तिक २०८३ १२:२१ अपराह्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले संस्थापक तर्फको शेयर स्वामित्व १९ प्रतिशत घटाउने भएको छ । हाल कम्पनीमा संस्थापक तर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । कात्तिक १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शेयर स्वामित्व परिवर्तन गरी संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत कायम गर्ने निर्णय गरेको हो ।

प्रस्तावित शेयर स्वामित्व परिवर्तनका सम्बन्धमा नियामक निकाय नेपाल बीमा प्राधिकरण्याबाट स्वीकृति लिई आगामी वार्षिक साधारण सभाबाट पारित गर्ने निर्णय कम्पनीले गरेको छ । हाल कम्पनीको चुक्तापूँजी ५ अर्ब २८ करोड २७ लाख ९३ हजार रुपैयाँ छ ।