शुक्रबार, १३ कार्तिक २०८३ | १:०५ PM
समता घरेलु लघुवित्तको ७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा…

समता घरेलु लघुवित्तको ७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

लगानीबक्स सम्वाददाता १३ कार्तिक २०८३ १२:१९ अपराह्न

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ हजार ४१७ कित्ता संस्थापक शेयर कात्तिक १३ गतेदेखि सर्वसाधारणका लागि जारी गरेको छ । यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा जारी गर्दा विक्री नभएको यी शेयर कम्पनीले अब भने अन्य व्यक्ति तथा संस्थाहरुमा जारी गरेको हो ।

यी शेयर खरीद गर्न इच्छुकहरुले कात्तिक १३ गतेदेखि लागू हुने गरी सातदिनभित्र आवेदन पेश गर्नुपर्नेछ । कम्पनीको केन्द्रीय कार्यालय बनेपा ७, काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको हो ।