शुक्रबार, १३ कार्तिक २०८३ | ८:२४ PM
सुनको मूल्य ३०० रुपैयाँले बढ्यो, चाँदी ५० रुपैयाँले घट्यो

सुनको मूल्य ३०० रुपैयाँले बढ्यो, चाँदी ५० रुपैयाँले घट्यो

लगानीबक्स सम्वाददाता १२ कार्तिक २०८३ ११:३७ पूर्वाह्न

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ५० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ रहेको थियो।

यस्तै, चाँदीको मूल्य भने प्रतितोला ५० रुपैयाँले घटेको छ। महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ४ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९८० रुपैयाँ रहेको थियो।