शुक्रबार, १३ कार्तिक २०८३ | ८:२५ PM
उन्नती सहकार्य लघुवित्तको १ लाख ६८ हजारभन्दा बढी कित्ता संस्थापक…

उन्नती सहकार्य लघुवित्तको १ लाख ६८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

लगानीबक्स सम्वाददाता १२ कार्तिक २०८३ १२:०५ अपराह्न

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ६८ हजार ६५४ दशमलव ७२५६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको छ । कम्पनीले शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव गत चैत २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।

कम्पनीले संस्थापक तर्फको शेयर संरचना ५५ दशमलव ५८ प्रतिशत र सर्वसाधारण तर्फको शेयर संरचना ४४ दशमलव ४२ प्रतिशत कायम गरेको हो । कम्पनीको कुल २४ लाख ६८ हजार ६५७ कित्ता शेयर कायम छ ।