काठमाडौँ । कलाकार सागर लम्साल बूढानीलकण्ठबाट पक्राउ परेका छन् । बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिए।
साथै उनीमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन् । एक वर्ष अघि अमेरिकामै लम्सालले बलात्कार गरेको ती युवतीको आरोप छ । यससँगै लम्सालमाथि अनुसन्धान गर्न चौतर्फी दबाब परेको छ ।

