२०८२ चैत २८ | ५:२८ PM
फरवार्ड माइक्रोफाइनान्सले १० प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गर्ने

फरवार्ड माइक्रोफाइनान्सले १० प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गर्ने

लगानीबक्स २०८२ चैत २७ 8:06 am

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाएको छ । चैत २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वैशाख २१ गते विहान ११ बजे दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुवही सुनसरीमा सभा गर्ने निर्णय गरेको हो । सभाले हाल कायम संस्थापक तर्फको ७० प्रतिशत शेयर संरचनालाई ६० प्रतिशत र सर्वसाधारण तर्फको ३० प्रतिशत शेयर संरचनालाई ४० प्रतिशत कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले संस्थापक शेयरको स्वामित्व घटाउन लागेको हो ।अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गरेको कम्पनीले त्यसका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभामार्फत गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय सभाले टुङ्ग्याउनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले वैशाख ७ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा वैशाख ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् । कम्पनीले लाभांश प्रस्ताव पनि गरेको छैन्।