२०८२ चैत २८ | ५:२३ PM
सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा 

सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा 

लगानीबक्स २०८२ चैत २७ 8:16 am

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको ५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । गत पुस ७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको उक्त बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृतपछि कम्पनीले शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।

मंसिर २२ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको बोनस शेयर हितग्राही खातामा जम्मा भैसकेको र सो मितिपश्चात् शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमशः बोनस शेयर जम्मा हुने जानकारी कम्पनीले दिएको छ ।

मंसिर २२ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनस शेयर समेत कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको खातामा रोक्का जनाई हितग्राही खातामा जम्मा भएको जानकारी कम्पनीले दिएको छ।यसर्थ कर्जा राफसाफ भैसकेको भए फुकुवा गर्न समेत कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।