२०८३ जेठ ११ | ११:४४ AM
‘मालती मंगले’को ट्रेलर सार्वजनिक

‘मालती मंगले’को ट्रेलर सार्वजनिक

Laganibox २०८३ वैशाख १४ ९:२४ अपराह्न

काठमाडौं – प्रदर्शन मिति नजिकिँदै गर्दा नेपाली फ्लिम ‘मालती मंगले’ले आफ्नो ट्रेलरमार्फत दर्शकमाझ पहिलो बलियो प्रभाव छोड्ने प्रयास गरेको छ। वैशाख २५ गतेदेखि रिलिज हुने तयारीमा रहेको फिल्मको ट्रेलर ललितपुरको लबिम मलस्थित क्युएफएक्स सिनेमाजमा एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको हो।

ट्रेलरले कुनै सामान्य प्रेमकथाभन्दा बढी, सम्बन्धभित्रका जटिलता र समाजले थोपर्ने मान्यताहरूको कथा भन्ने संकेत गर्छ। वर्षा राउतले निभाएको ‘मालती’ र विजय बरालको ‘मंगले’ पात्रबीचको सम्बन्ध सुरुवातमा सहज देखिए पनि समयसँगै त्यसमा आउने चिरा र पारिवारिक हस्तक्षेपले कथा गहिरिँदै गएको झल्को ट्रेलरमा पाइन्छ।

मेक्सम गौडेलले निर्वाह गरेको ‘हरि’ पात्रले कथामा तनाव र मोड थप्ने देखिन्छ । यो सङ्गै साथीभाईबीचको सम्बन्ध, विश्वास र विश्वासघातका पाटा पनि ट्रेलरमा देख्न सकिन्छ।

ट्रेलरको अर्को महत्वपूर्ण पक्ष भनेको सामाजिक सन्देश हो ।

संगीत पक्षमा ‘झ्याम पारम’ र ‘सुनैको सपनी’ जस्ता गीतका झलकहरूले ट्रेलरलाई अझ आकर्षक बनाएका छन्, जसले फिल्ममा मनोरञ्जन र भावनाको सन्तुलन हुने संकेत दिन्छ।

रानी फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा युनि इन्टरटेन्मेन्टको सहकार्य रहेको छ।

निर्देशक प्रकु पाण्डेयले लेखेको कथालाई संयोग गुरागाईँले पटकथा र संवादमा रूपान्तरण गरेका हुन्। कलाकारको सूचीमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङ लगायत छन् ।

आरआर फिल्म्सले वितरण गर्ने यो फ्लिममा महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ संयोजन, सुजिल कर्माचार्यको पृष्ठभूमि संगीत र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ ।  https://youtu.be/zjyPbiaaLTk?si=8U_fG-ZB3ykbeKMe