काठमाडौं ।आज शनिबार काठमाडौंको राष्ट्रिय सभा गृहमा कानुन दिवसमा आयोजित कार्यक्रममा सहभागी भएर फर्किने क्रममा एक पत्रकारले ‘आमा’ भन्दै सम्बोधन गरेपछि कार्कीले आक्रोश भएर आफूलाई आमा नभन्न भन्दै अब बालेनको श्रीमतीलाई आमा भन्नू भनेर आग्रह गरिन ।
सञ्चारकर्मी दिवाकर साहले उनलाई ‘आमा दर्शन’ भनेर सम्बोधन गरेपछि कार्कीले प्रतिप्रश्न गर्दै भन्छिन्– ‘को हो आमा भन्ने?’
साह– ‘मैले भनेको।’
कार्की– ‘तिमीहरूको आमा नै फेरिइसक्यो। म मेराे बच्चाकाे मात्रै आमा हाे।’
साह– ‘केही फरक पर्दैन, आमा फेरिंदैन।’
कार्की– ‘बालेनको श्रीमतीलाई आमा भन, अब।’
साह– ‘तपाईं देशकै आमा हो।’
कार्की– ‘होइन, होइन
त्यहाँबाट कार्की कार्की हास्दै हिँड्छिन ।

