काठमाडौं । रानिवन र सानोभर्याङ क्षेत्रमा शृङ्खलाबद्ध चोरी गर्ने तथा चोरीका सामान किनबेच, व्यवस्थापन र विक्री वितरण समेतमा संलग्न निम्न २ जनालाई चोरीको मोबाइल, ल्यापटप, नगद, मूर्ति, लागु औषध, चोरीमा प्रयोग हुने औजार लगायत तपसिलमा उल्लिखित दसीका सामानहरू सहित पक्राउ गरी थप अनुसन्धान भइरहेको ।
पक्राउ परेका मानिसहरू
१. जिल्ला उदयपुर, ताप्ली गाउँपालिका वडा नं. ३ घर भइ जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका ३ एक धारा बस्ने वर्ष २७ को रमेश कुमार तामाङ
२. जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. ९ घर भएको वर्ष २९ को प्रभात सिंह प्रधान
साथै, निज रमेश कुमार तामाङ लागु औषध कसूर सम्बन्धी कसुरको फरार प्रतिवादी समेत रहेको अनुसन्धानको क्रममा खुलेको ।
बत्तीसपुतली स्थित प्रभात सिंह प्रधानको घरबाट बरामद सामानहरू
१. iPhone मोबाइल थान – ८
२. iPod थान – २
३. Samsung मोबाइल थान – ४
४. Samsung ट्याब थान – १
५. Display परिवर्तन गरेको अन्य मोबाइल थान – २१
६. Mackbook air थान – २
७. Airpod थान – ५
८. CD Reader थान – १
९. ल्यापटप थान – ३
१०. नगद रु १,३५,०००।- (अक्षरेपि एक लाख पैँतीस हजार)
नागार्जुन एक धारा स्थित रमेश कुमार तामाङको कोठाबाट बरामद सामानहरू
१. लागु औषध ट्रामाडोल – ७८० क्याप्सुल
२. बिलबुक थान – १
३. चेकबुक थान – १
४. चोरी गर्न प्रयोग गर्ने फलामको डन्डी थान – १
५. मोबाइल थान – ८
६. बुद्धको मूर्ति थान – १
७. चोरी गर्दा प्रयोग भएको विभिन्न कपडाहरू

