२०८३ जेठ ११ | ११:४४ AM
हुम्लामा विशेषज्ञ चिकित्सक नहुँदा सेवाग्राहीलाई सास्तीः सामान्य विरामी रिफर

हुम्लामा विशेषज्ञ चिकित्सक नहुँदा सेवाग्राहीलाई सास्तीः सामान्य विरामी रिफर

सामान्य हातको टेन्डन समेत काटिएको समेत जिल्ला बाहिर रिफर गर्दा सेवाग्राहीले सास्ती खेप्नु परेको हो ।

लगानीबक्स २०८३ वैशाख ३१ ९:०२ पूर्वाह्न

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा सामान्य विरामीहरूले समेत जिल्ला बाहिर धाउनु पर्ने बाध्यता छ । विगत लामो समयदेखि भौगोलिक हिसावले समेत कठिनाई भएको उक्त हुम्लाको जिल्ला अस्पतालमा २१ औँ सताव्दी हुँदासम्म पनि विशेषज्ञा चिकित्सक नियमित रुपमा कार्यरत नहँदा दैनिक दिन जिल्ला अस्पतालमा आएका विरामीले सास्ती खेप्नु परेको हो ।

जिल्ला अस्पतालमा गत वर्षदेखि एक जना एमडिजिपी विशेषज्ञ चिकित्सक उमाकान्त तिवारी कार्यरत हुनु हुन्छ । तर उहाँ धेरै जसो समय जिल्ला बाहिर रहेकोले जिल्ला अस्पतालमा आउने विरामीले विशेषज्ञ उपचार पाउन नसकेको स्थानीय सेवाग्राहीले गुनासो गरेका छन् ।

डाक्टर उमाकान्त तिवारी जिल्लामा नभएकै कारण यस अघि विभिन्न समयमा सुत्केरी व्यथा लागेकी सुत्केरी आमाहरूलाई जिल्ला बाहिर रिफर गरिएको थियो । रिफर गरिनेमा गत माघ २२ गते सिमकोट गाउँपालिका–८ स्याँडा स्थित २१ वर्षीया हिरा बुढालाई सुविधासम्पन्न अस्पतालमा पठाइएको थियो । उहाँ एउटा प्रतिनिधि पात्र मात्रै हुनु हुन्छ । हुम्लामा यस्ता खाले घटना धेरै छन् ।

त्यस्तै सामान्य अप्रेशन, हाडजोर्नी, एपेन्डी साइटिस, हर्निया हाइड्रोशिल (जनरल सर्जरी) लगायतका सामान्य कामहरू समेत जिल्ला बाहिर पठाउनु परेको छ । सामान्य हातको टेन्डन समेत काटिएको समेत जिल्ला बाहिर रिफर गर्दा सेवाग्राहीले सास्ती खेप्नु परेको हो ।

जिल्लामा हाडजोर्नीको चिकित्सक नभए पनि यी सामान्य उपचारहरू एमडिजिपीले हेरफेर गर्न सकिन्छ । तर धेरै जसो विशेषज्ञ डाक्टर जिल्ला बाहिर रहेकै कारण नागरिकले दुख भोग्नु परेको छ । यो समय पनि डाक्टर उमाकान्त तिवारी प्रशिक्षकका रुपमा कर्णाली प्रदेशको विरेन्द्रनगर सुर्खेतमा जानु भएको छ ।

यस विषयमा निमित्त कार्यालय प्रमुख डाक्टर भिम बुढालाई बुझ्दा गत साउनदेखि यता जिल्ला अस्पताल हुम्लादेखि आफुले दुई जना गर्भवती महिलालाई जिल्ला बाहिर सुविधा सम्पन्न अस्पतालमा रिफर गर्नु परेको बताउनुभयो । तर उक्त विषयका काम आफ्नो कार्य क्षेत्रमा नपरेको उहाँले बताउनुभयो । यो काम एमडिजिपीले हेर्नु पर्ने हो ।

यदि विशेषज्ञ चिकित्सक जिल्लामै भइदिएको भए यी समस्या हुम्लामै समधान हुने थिए । डाक्टर बुढाको भनाई छ । जसले गर्दा सेवाग्राहीले सहजै सेवा नपाउनुका साथै आर्थिक भार खेप्नु पर्ने प्रमाणित भएको छ ।