काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको लागि महेश शर्मा ढकाललाई अख्तियारी दिइएको छ । वैशाख ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ढकाललाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे स्मार्ट टेलिकम प्रालि सम्बन्धी मुद्दाको अनुसन्धानको क्रममा रहेकाले निजले सम्पादन गर्ने बैंक सम्बन्धी सम्पूर्ण कार्य गर्ने अख्तियारी ढकाललाई दिइएको कम्पनीले नेप्सेमार्फत जानकारी दिएको हो । ढकाल कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

