२०८३ जेठ ११ | १:१४ PM
विकास बैंकहरूमा झण्डै आठ प्रतिशतसम्म कर्जा निष्क्रिय

विकास बैंकहरूमा झण्डै आठ प्रतिशतसम्म कर्जा निष्क्रिय

चार दशमलव ८८, चार दशमलव ७८ र चार दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

लगानीबक्स २०८३ जेठ ५ १०:५६ अपराह्न

काठमाडौं । विकास बैंकहरूमा झण्डै आठ प्रतिशतसम्म कर्जा निष्क्रिय देखिएको छ । सञ्चालनमा रहेका १७ मध्ये कर्णाली विकास बैंकबाहेक १६ वटाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा निष्क्रिय कर्जाको अनुपात झण्डै आठ प्रतिशतसम्म देखिएको हो ।

अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको पछिल्लो नौ महिनामा सबैभन्दा बढी निष्क्रिय कर्जा सिन्धु विकास बैंकमा देखिएको छ भने सबैभन्दा कम निष्क्रिय कर्जा मितेरी डेभलपमेन्ट बैंकमा देखिएको छ । पछिल्लो अवधिमा सिन्धुमा सात दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय देखिँदा मितेरीमा शून्य दशमलव ४८ प्रतिशतमात्र कर्जा निष्क्रिय देखिएको थियो । गत आवको सोही अवधिमा यी दुई बैंकमा यस्तो कर्जाको अनुपात क्रमशः आठ दशमलव ६४ र शून्य दशमलव ७८ प्रतिशत रहेको थियो ।

सांग्रिला, ज्योति र सप्तकोशी डेभलपमेन्ट बैंकमा पनि चालू आवको पछिल्लो नौ महिनामा क्रमशः सात दशमलव ८७, सात दशमलव ८३ र सात दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी संस्थाहरूमा यस्तो कर्जाको अनुपात क्रमशः चार दशमलव ९७, चार दशमलव ९८ र १२ दशमलव ९१ प्रतिशत रहेको थियो ।

चालू आवको तेस्रो त्रैमासिक अवधिमा महालक्ष्मी, एक्सेल र लुम्बिनी विकास बैंकमा पनि क्रमशः छ दशमलव ५९, छ दशमलव ५९ र छ दशमलव ४९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूमा क्रमशः चार दशमलव ९९, आठ दशमलव ४६ र सात दशमलव १८ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । कर्पोरेट, नारायणी र शाइन रेसुंगा डेभलपमेन्ट बैंकमा पनि पछिल्लो अवधिमा क्रमशः छ दशमलव ३६, चार दशमलव ९३ र चार दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूमा क्रमशः १३ दशमलव शून्य नौ, ४४ दशमलव ९६ र चार दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । मुक्तिनाथ, गरिमा र कामना सेवा विकास बैंकमा पनि चालू आवको पछिल्लो नौ महिनामा क्रमशः चार दशमलव ८८, चार दशमलव ७८ र चार दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूमा क्रमशः चार दशमलव ४१, चार दशमलव ७८ र चार दशमलव २७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।

अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको तेस्रो त्रैमासमा ग्रीन र सालपा विकास बैंकमा भने क्रमशः चार दशमलव ३२ र तीन दशमलव ३५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूमा क्रमशः चार दशमलव ८७ र छ दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।