काठमाडौं । एनएमबि बैंकले जारी गरेको अविमोच्य असञ्चिति अग्राधिकार शेयर धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । जेठ १९ गते कम्पनीको ३ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयर एनएमबिपिएनपी स्टक स्केतबाट सूचीकृत भएको हो ।
यस बैंकले २५ प्रतिशत निश्चित लाभांश दर कायम गर्दै यस्तो शेयर संस्थागत लगानीकर्ताहरुमा परिपत्र विधिमार्फत विक्री गरेको हो । जेठ २० गतेदेखि कारोबारयोग्य हुने यी शेयर खरीदका लागि पनि संस्थागत लगानीकर्ता मात्र सहभागी हुन सक्नेछन् । यस्तो शेयर धितोपत्र दलाल, धितोपत्र व्यापारी, मर्चेन्ट बैंकर र सामूहिक लगानीकोषहरुले भने खरीद गर्न पाउनेछैनन् ।

