मंगलबार, ९ भदौ २०८३ | १०:१४ AM
बक्सअफिसमा ‘लालीबजार’को , कमाइ ९ करोडमाथि

बक्सअफिसमा ‘लालीबजार’को , कमाइ ९ करोडमाथि

लगानीबक्स १ असार २०८३ २:४० अपराह्न

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का अभिनीत फिल्म लालीबजार ले घरेलु बक्सअफिसमा ९ करोड १६ लाख रुपैयाँ ग्रस कमाइ गर्दै यस वर्षको सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ।

चलचित्र विकास बोर्डका अनुसार वैशाख २५ गतेदेखि प्रदर्शनमा रहेको फिल्मलाई हालसम्म ३ लाख ११ हजारभन्दा बढी दर्शकले हेरेका छन्। डिजिटल तथा विदेशी प्रदर्शन अधिकारको आम्दानी जोड्दा फिल्मको कुल कलेक्सन १० करोड रुपैयाँभन्दा माथि पुगेको बताइएको छ।

यम थापा को लेखन तथा निर्देशन रहेको फिल्ममा रवीन्द्रसिंह बानियाँ लगायत कलाकारहरूको अभिनय छ। फिल्मले लगानी उठाएर नाफा कमाउन समेत सफल भएको निर्माण पक्षले जनाएको छ।