२०८३ असार २८ | ११:४६ AM
माउन्ट एभरेष्ट पावरको आईपीओ थप सर्वसाधारणका लागि आजदेखि निष्कासनमा

माउन्ट एभरेष्ट पावरको आईपीओ थप सर्वसाधारणका लागि आजदेखि निष्कासनमा

कम्पनीले जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

लगानीबक्स २०८३ असार ३ ११:५३ पूर्वाह्न

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गते (आज) देखि दोस्रो चरणको आईपीओ निष्कासन गरेको छ । थप सर्वसाधारणमा कम्पनीले १४ लाख २७ हजार ६०० कित्ता आईपीओ निष्कासन गरेको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति पाएको कम्पनीले यस अघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका आईपीओ निष्कासनपछि बाँडफाँट समेत गरिसकेको छ ।

यस कम्पनीले जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कुल कित्ता शेयरमध्ये १ लाख ७२ हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा वैशाख १७ गतेदेखि २३ गतेसम्म निष्कासन गरि वैशाख ३१ गते बाँडफाँट गरिएको हो ।  त्यस्तै कम्पनीले वैशाख १७ गतेदेखि ३१ गतेसम्म आयोजना प्रभावित स्थानीयका लागि ८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गरि जेठ २० गते बाँडफाँट गरेको छ ।

यी वाहेक ३४ हजार ४०० कित्ता शेयर कर्मचारीहरुका लागि र ८६ हजार कित्ता आईपीओ सामूहिक लगानी कोषहरुका लागि समेत बाँडफाँट गरिसकिएको जानकारी कम्पनीले दिएको छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिनेछ । आईपीओ निष्कासन मिति छिटोमा असार ८ गतेसम्म तोकिएको छ । सो अवधिसम्म माग बमोजिम आवेदन प्राप्त नभएमा भने ढिलोमा असार १७ गतेसम्म निष्कासन लम्बिनेछ। तर पछिल्लो समय सर्वसाधारणमा जारी भएको आईपीओ खरीदका लागि पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले यो आईपीओ पनि छिटो अवधिसम्म मात्र निष्कासनमा रहने निश्चित छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्न सकिने व्यवस्था छ । साथै मेरो शेयर अनलाईन समेत आवेदनका लागि प्रयोग गर्न सकिनेछ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।