२०८३ असार ८ | १०:२४ AM
सिटिजन्स बैंकले पारित गरायो अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव

सिटिजन्स बैंकले पारित गरायो अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव

संस्थागत लगानीकर्ताहरुमा मात्र विक्री गरिने यी शेयर परिपत्र विधिमार्फत विक्री हुनेछ ।

लगानीबक्स २०८३ असार ३ १२:०६ अपराह्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले ७ दशमलव ५ प्रतिशत निश्चित लाभांश दर रहने गरी २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव गरेको थियो । असार ३ गते सम्पन्न विशेष साधारण सभाबाट कम्पनीले प्रस्तावित उक्त अग्राधिकार शेयर पारित गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा उल्लेखित रकम बराबरको अग्राधिकार शेयर जारी गर्नेछ ।

अब कम्पनीले यो शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति लिनुपर्ने हुन्छ । संस्थागत लगानीकर्ताहरुमा मात्र विक्री गरिने यी शेयर परिपत्र विधिमार्फत विक्री हुनेछ । वितरणयोग्य मुनाफा आर्जन गरेको वर्षमात्र लाभांश वितरण गर्ने गरी कम्पनीले यस्तो शेयर विक्री गर्न लागेको हो ।

यो शेयर दोस्रो बजारमा सूचीकरण हुने हुँदा संस्थागत लगानीकर्ताले दोस्रो बजारमा समेत कारोबार गर्न सक्नेछन् । कम्पनीले यस्तो शेयरका लागि तोकिएको निश्चित लाभांश वितरण गरिसकेपछि बाँकी शेयरधनीहरुलाई लागि लाभांश वितरण गरिन्छ । अग्राधिकार शेयरका लागि निश्चित लाभांश दर हुन्छ भने बाँकी शेयरधनीहरुले भने अग्राधिकार शेयरधनीको भन्दा बढी वा घटी हुन सक्नेछ ।