२०८३ असार ८ | १०:२६ AM
रोयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्दै ओम मेगाश्री फर्मास्युटिकल्स 

रोयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्दै ओम मेगाश्री फर्मास्युटिकल्स 

लगानीबक्स २०८३ असार ३ १२:४२ अपराह्न

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स प्राइभेट लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । असार २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दोस्रो बजारमा सूचीकृत रहेको ओम मेगाश्री फर्मास्युटिकल्सले सूचीकृत नरहेको रोयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्र्ने समझदारी गरेको हो । प्राप्ति प्रक्रिया अघि बढाउनका लागि दुबै कम्पनीबीच असार ३ गते विहान प्रारम्भिक समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ ।

ओम मेगाश्री फर्मास्युटिकल्स र रोयल फर्मास्युटिकल्स दुबै कम्पनी औषधि उत्पादन तथा वितरणसम्बन्धी कार्य गर्ने कम्पनी हो । दोस्रो बजारमा २०८२ साल वैशाख १७ गते सूचीकृत भएको ओम मेगाश्री फर्मास्युटिकल्सको ६० करोड रुपैयाँ अधिकृत पूँजी रहेको छ भने जारी तथा चुक्तापूँजी ६० करोड रुपैयाँ कायम रहेको छ । कम्पनीमा ७० प्रतिशत संस्थापक तर्फ र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व छ ।