काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको कुल १२ लाख ९ हजार १६९ दशमलव ५ कित्ता शेयरको लकइन आगामी साउन ६ गते सकिने भएको छ । कम्पनीको संस्थापक तर्फको १० लाख ७२ हजार ४३४ कित्ता, कर्मचारीतफृको २ हजार ६८० दशमलव ७० कित्ता र आयोजना प्रभावित स्थानीयतर्फको १ लाख ३४ हजार ५४ दशमलव ८० कित्ता शेयरको लकइन आगामी साउन ६ गतेपछि सकिने भएको हो ।
यी शेयर सर्वसाधारण लगानीकर्तामा आईपीओ बाँडफाँट भएको मितिदेखि तीन वर्षसम्मका लागि लकइनमा रहेका थिए । लकइन अवधि सकिएपछि कम्पनीको सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहका कर्मचारी वाहेक अरुले यी शेयर कारोबार गर्न सक्नेछन् ।

