२०८३ असार ८ | १०:२२ AM
नेपाल पुनर्बीमा कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी भण्डारीलाई

नेपाल पुनर्बीमा कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी भण्डारीलाई

लगानीबक्स २०८३ असार ३ २:२३ अपराह्न

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिृकतको जिम्मेवारी दामोदर भण्डारीले पाएका छन् ।

असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीका एघारौं तहमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत भण्डारीलाई निमित्त प्रमुख कार्यकारी अधिृकतको जिम्मेवारी दिने निर्णय गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र कुमार पौडेलले गत चैत २० गतेदेखिनै लागू हुने गरी राजीनामा दिएका छन् । कम्पनीले अर्को व्यवस्था नभएसम्मका लागि भण्डारीलाई निमित्त प्रमुख कार्यकारी अधिृकतको जिम्मेवारी दिएको हो ।