काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले असार ३१ गते वार्षिक साधारण सभा बोलाएको छ । असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अमृत भोग क्याटरिङ्ग , कालिकास्थान, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८१।८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
साथै सञ्चालक समितिमा एक जना महिला सहित सात जना सञ्चालक निर्वाचन पनि सभाले गर्नेछ । लाभांश प्रस्ताव पनि गरिएको छैन् । सभा प्रयोजनका लागि कम्पनीले असार १६ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असार १५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

