काठमाडौं । असार ४ गतेका लागि बोलाइएको हिमाल दोलखा हाइड्रोपावरको संयुक्त वार्षिक साधारण सभा गणपूरक उपस्थिति नपुगेपछि स्थगित भएको छ । असार ४ गतेनै बसेको कम्पनीको सञ्चालक समितिको बैठकले स्थगित संयुक्त साधारण सभा असार २६ गते पुनः बोलाउने निर्णय गरेको छ । सभा बिग बैंक्वेट एण्ड इभेन्टस् प्रालि, ललितपुरमा विहान ९ः३० बजे सुरु हुनेछ ।
यस अघि निर्धारित प्रस्तावहरु सहित पुनः सभा बोलाइएको हो । कम्पनीले अघिल्ला दुई आर्थिक वर्ष ०८०।८१ र ०८१।८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सभा प्रयोजनका लागि कम्पनीले जेठ २१ गते एक दिन बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा जेठ २० गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

