२०८३ असार २७ | ६:३४ AM
स्वाभिमान लघुवित्तले सञ्चालक निर्वाचनको प्रस्ताव सहित असार ३० गते बोलायो…

स्वाभिमान लघुवित्तले सञ्चालक निर्वाचनको प्रस्ताव सहित असार ३० गते बोलायो साधारण सभा 

लगानीबक्स २०८३ असार ११ १:५३ अपराह्न

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३० गते वार्षिक साधारण सभा बोलाएको छ । असार ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय रुपन्देहीमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८१।८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

संस्थापकतर्फबाट चार जना र सर्वसाधारणतर्फबाट एक जना गरी पाँच जना सञ्चालक निर्वाचनको कार्यक्रम सभाका लागि तय भएको छ । साथै अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले असार २२ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असार १९ गते बिहीवारसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।