काठमाडौं। कुमारी बैंक लिमिटेड र नेशनल पाथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेड, तंगाल–काठमाडौंबीच बैंकका ग्राहकहरूलाई स्वास्थ्य परीक्षण सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरूले ल्याबद्वारा प्रदान गरिने विभिन्न परीक्षण सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन्।
बैंकले विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै हाल २८६ शाखा सञ्जाल, ३०४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा विस्तार गरिरहेको जनाएको छ।
ग्राहकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै बैंकले देश तथा विदेशका प्रतिष्ठित अस्पताल तथा स्वास्थ्य संस्थाहरूसँग यस्ता सम्झौताहरू गर्दै आएको बताइएको छ।
सम्झौताले गुणस्तरीय स्वास्थ्य सेवामा ग्राहकको पहुँच सहज बनाउने अपेक्षा गरिएको छ।

