काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महेन्द«नगर शाखा कार्यालयमार्फत बेदकोट नगरपालिका ८ स्थित बैजनाथ माध्यमिक विद्यालयमा स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।
बैंकको महेन्द«नगर शाखा प्रमुख कृष्ण सिंह भाटले बेदकोट ८ का वडाध्यक्ष महेशदत्त जोशीको उपस्थितिमा विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीलाई स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरेका हुन् ।
कार्यक्रममा वडाध्यक्ष जोशीले सामुदायिक िवद्यालयमा अधिकांश कमजोर तथा आर्थिक अवस्थाका विद्यार्र्थी हुने भएकाले बैंकको शैक्षिक सामागी सहयोगबाट पठनपाठनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
बैंकका महेन्द«नगर शाखा प्रमुख भाटले विद्यालयमा वितरण गरिएको स्टेशनरी सामाग्रीले समुन्नत समाज विकासका लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए।
कार्यक्रममा बैंकका कर्मचारी तथा विद्यालयका प्रध्यानाध्यापक, शिक्षक तथा विद्यार्थीको उपस्थिति थियो । योसँगै बैंकले आगामी दिनमा समेत सरोकारवालाको समन्वयमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

