२०८३ असार २८ | १:०० AM
रू रू जलविद्युत परियोजनाले म्याग्दी हाइड्रोपावरमा ८ करोड लगानी गर्ने

रू रू जलविद्युत परियोजनाले म्याग्दी हाइड्रोपावरमा ८ करोड लगानी गर्ने

लगानीबक्स २०८३ असार २८ ६:१७ अपराह्न

काठमाडौं । रू रू जलविद्युत परियोजना लिमिटेडले म्याग्दी हाइड्रोपावर लिमिटेडमा ८ करोड रुपैयाँ बराबरको लगानी गर्ने भएको छ ।

असार २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अन्य जलविद्युत कम्पनीहरुमा लगानी गर्ने सम्बन्धमा तत्कालका लागि म्याग्दी हाइड्रोपावरको उक्त रकम बराबरको लगानी गर्ने निर्णय गरेको हो । प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख कित्ता म्यादी हाइड्रोको शेयरमा लगानी गर्ने निर्णय कम्पनीले गरेको हो ।