शनिबार, २४ असोज २०८३ | ७:०२ AM
प्राइम कमर्सियल बैंकको ६.२५ प्रतिशत ब्याजदरको ऋणपत्र बाँडफाँट

प्राइम कमर्सियल बैंकको ६.२५ प्रतिशत ब्याजदरको ऋणपत्र बाँडफाँट

लगानीबक्स २९ असार २०८३ ४:०७ अपराह्न

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको ६ दशमलव २५ प्रतिशत ब्याजदर रहेको ऋणपत्र बाँडफाँट भएको छ । कम्पनीले १० वर्षे अवधिको ६.५ प्रतिशत प्राइम बैंक डिबेञ्चर, २०९३ नामको ऋणपत्र असार १६ गतेदेखि २३ गतेसम्म निष्कासन गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरुमा असार २९ गते कम्पनीले ऋणपत्र बाँडफाँट गरेको हो । कम्पनीले कुल ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

कुल कित्ता ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुमा विक्री गरेको हो भने १२ लाख कित्ता सर्वसाधारणमा विक्री गरेको हो । सर्वसाधारणमा विक्री गरिएको ऋणपत्रमध्ये ६० हजार कित्ता भने सामूहिक लगानीकोषको स्वामित्वमा रहेको छ । प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा विक्री गरेको कम्पनीको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।