शनिबार, २४ असोज २०८३ | ८:०५ AM
सामूहिक लगानीकोषको स्वामित्वमा रहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयरको लकइन सकिँदै

सामूहिक लगानीकोषको स्वामित्वमा रहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयरको लकइन सकिँदै

लगानीबक्स ३२ असार २०८३ १०:५६ पूर्वाह्न

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको ३४ हजार ४८४ कित्ता शेयरको लकइन आगामी भदौ ४ गतेपछि सकिने भएको छ । सामूहिक लगानीकोषको स्वामित्वमा रहेको यी शेयर ६ महिनासम्म लकइनमा रहेका थिए । भदौ ४ गतेपछि यी शेयर कारोबारयोग्य हुनेछन् । यी शेयरमध्ये ३२७ कित्ता शेयर सिटिजन्स म्युचुअल फण्ड २ लाई बाँडफाँट गरिएकोमा उक्त योजना असार २१ गते परिपक्क भएको हुदा उक्त शेयरको लकइन खुला गर्दा कम्पनीले असार ३२ गतेनै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई पत्रचार गरिसकिएको जानकारी कम्पनीले दिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस कम्पनीको ६८ लाख ९६ हजार ७४४ कित्ता शेयर सूचीकृत रहेको छ । हाल थप सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट भएको शेयर मात्र कारोबारमा रहेको छ । भदौ ४ गतेसम्म सामूहिक लगानीकोषको शेयर लकइनमा रहनेछ भने संस्थापक , आयोजना प्रभावित स्थानीय र कर्मचारीमा बाँडफाँट भएको शेयर भने तीन वर्षसम्म लकइनमा रहनेछ ।