शनिबार, २४ असोज २०८३ | ७:५७ AM
मानुषी लघुवित्तको कायम मुकायम सीईओको जिम्मेवारी श्रेष्ठलाई

मानुषी लघुवित्तको कायम मुकायम सीईओको जिम्मेवारी श्रेष्ठलाई

लगानीबक्स ३२ असार २०८३ ११:१९ पूर्वाह्न

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कमल श्रेष्ठले पाएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यको दुई वर्षे कार्यकाल असार ३२ गते समाप्त भएसँगै कम्पनीका विभागीय प्रमुख श्रेष्ठलाई कायम मुकायम सीईओको जिम्मेवारी दिइएको हो ।

श्रेष्ठले जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्तसँग मर्जर प्रक्रिया सम्पन्न भई एकिकृत कारोबार नभएसम्मका लागि कायम मुकायम सीईओको जिम्मेवारी सम्हाल्नेछन् ।
तीनओटै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा तयार गरिएको अन्तिम सम्झौता पत्र र व्यवसायिक योजना तथा प्रक्षेपण साधारण सभाबाट स्वीकृत गराइसकेका छन् ।